रामेछाप–काठमाडौं चल्ने गाडी भाडा बढयो



७ भदौ, काठमाडौं ।
वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढाइएको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले इन्धनको मूल्य बढेसँगै गाडी भाडा बढाएको हो ।मन्त्रालयले बिहीबार प्रकाशित गरेकोप्रदेश राजपत्र अनुसार अब काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २६ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा ३१ रुपैयाँ लाग्ने छ । यसैगरी २० किलोमिटरसम्म यात्रा गर्दा ३५ रुपैयाँ, २० किलोमिटर भन्दा माथि ४० रुपैयाँ लाग्ने छ । यो सँगै रामेछाप–काठमाडौं चल्ने सवारी साधनको भाडा पनि बढेको छ । पछिल्लो भाडादर अनुसार यसअघि रामेछापको सदरमुकाम मन्थलीदेखि काठमाडौंसम्म १४० किलोमिटरको भाडा ५७५ रहेकोमा भाडा बढाएर ६०६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
ILYclgosbrkejm, 02riafLMl, UeqzK8qUAe, ckqVLMUBNfmTbbY, 2rB6XwOm44, yaSf4ZOoG8Ss, a8Xa, lVLFMhvt7ZPoQ