रामेछाप जिल्लामै पहिलो विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा



७ भदौ, रामेछाप ।
रामेछाप जिल्लामै पहिलो पटक विद्युतीय चार्जिङ स्टेसन आजबाट सञ्चालनमा आएको छ । पछिल्लो समयमा विद्युतीय सवारी आउने जाने क्रम बढेसँगै रामेछापको सदरमुकाम मन्थलीमा विद्युत चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । मन्थलीको खाँदवारीमा व्यवसायी प्रमोद श्रेष्ठले रामेछाप विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छन् । रामेछापमा हाल डेढ दर्जन भन्दा बढी विद्युतीय सवारी साधन सञ्चालन हुँदै आएका छन् । सिन्धुलीको खुर्कोटमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा रहेपनि मन्थली आउने सवारी साधनलाई चार्जिङ स्टेसन नहुँदा समस्या हुँदै आएको थियो । देशभर विद्युतीय सवारी साधनको सङ्ख्या वृद्धि भएसँगै मन्थलीमा पनि विद्युतीय गाडीको संख्या बढदै गएको छ ।
करिब चाल लाख लगानीमा व्यवसायी श्रेष्ठले सात आना क्षेत्रफलमा दुई वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएका छन् । श्रेष्ठले रामेछाप न्युजसँग भने,‘सिजी कम्पनीले मेसिन उपलब्ध गराएको छ, आजबाट विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएको छ, आज मात्र सात वटा गाडीले स्टेसनमा गाडी चार्ज गरेका छन् ।’

श्रेष्ठलका अनुसार एक प्रतिशत चार्ज गर्नको लागि सात रुपैयाँ शुल्क निर्धारण गरिएको छ । गाडीमा चार्जको अवस्था अनुसार एउटा गाडी चार्ज गर्नको लागि करिब एक घण्टा समय लाग्ने छ । खिम्ती न्यू सबस्टेसनबाट मन्थलीको सब स्टेसनमा विद्युत जडान भएसँगै रामेछापमा विद्युत झ्याप झ्याप जाने समस्या समाधान हुँदै गएको छ । राजधानी काठमाडौंबाट सदरमुकाम मन्थली १४० किलोमिटरको दुरीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्