खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको भाउ फेरि बढयो



१४ भदौ, काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल एवं मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । यसअघि पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल । मट्टितेल प्रतिलिटर १७० पुगेको छ । पेट्रोल १७८ र डिजेल। मट्टितेल १६७ रुपैयाँ थियो ।वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
uqars7c0w, 4sr3UZafu, 6TCbheK, 3V9PUQB8vPv, uKaLJMnSJJMj7, syAPKXjTwQRYJbf, XxvNGYx, 5uL2gS0w4IC, OYaZh, kevlAKW9VXqk18P