रामेछापमा संगठन विस्तार गर्दै रास्वपाः भोलि गाल्पामा सभा, सोविता गौतम र रमेश प्रसाईले सम्बोधन गर्ने



१५ भदौ, रामेछाप ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रामेछाप जिल्लाभित्र संगठन विस्तारको कामलाई अभियानको रुपमा अघि बढाएको छ । रास्वपाले रामेछापको संगठन विस्तार र सम्पर्क सांसदको रुपमा काठमाडौं २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद सोविता गौतमलाई जिम्मेवारी दिएको छ । दोलखा निवासी गौतम रामेछापमा पार्टीको संगठन विस्तारको काममा जुटेकी छिन् । भोलि रामेछापको तीन वटा गाउँपालिकालाई केन्द्रमा राखेर गाल्वामा सभा गर्ने भएको छ ।

सुनापति गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका र खाँडादेवी गाउँपालिकाको संगमस्थल गाल्पामा भोलि आयोजना हुने सभालाई पार्टीका उपसभापति डिपी अर्यालय, केन्द्रीय सदस्य एवं सांसद गौतम, रमेश पैसाईसहित नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रास्वपाले यसअघि रामेछापले लिखु तामाकोशी, उमाकुण्ड र गोकुलगंगा गाउँपालिका पालिका स्तरीय समिति विस्तारको काम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्