गैंडाको खागसहित रामेछापका तामाङ लगायत ४ जना पक्राउ



१७ भदौ, रामेछाप ।
प्रहरीले गैंडाको खागसहिप्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैडाको खागसहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा
दोलखाको मेलुङ्ग गाउँपालिका–७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका–७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का कर्ना तामाङलाई सात सय ८८ ग्राम तौल भएको खागसहित पक्राउ गरिएका प्रहरीले बताएको छ ।
संरक्षित वन्यजन्तुको खाग अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–७ हरहर महादेवस्थानबाट २ जनालाई पक्रेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुई जनाको वयानको आधारमा थप २ जनालाई पक्राउ गरिएको हो। उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्