नागरिकताको सिफारिस दिदा जनप्रतिनिधि र कर्मचारी सचेत हुनुपर्छः प्रजिअ निरौला



१८ भदौ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नागरिकताको सिफारिस गर्दा जनप्रतिनिधि र कर्मचारीहरु सचेत हुनुपर्ने बताएकी छिन् । जिल्ला प्रशासन कार्यालय सहज रुपमा नागरिकलाई नागरिकता प्रदान तयार रहेको बताउदै नागरिकता लगायतको सिफारिस गर्दा जनप्रतिनिधि र कर्मचारीहरु सचेत हुनुपर्ने बताएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजना तथा लिखु तामाकोसी गाउँपालिकाको व्यवस्थापनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ निरौलाले नागरिकताको सुरक्षा गर्न पनि आग्रह गरिन । उनले १६ वर्ष पूरा हुने बित्तिकै नागरिकता बनाइदिने कुरामा अभिभावक सचेत हुनुपर्नेमा जोड दिदै आठ वटै स्थानीय तहमा १६ बर्ष पूरा हुने वित्तिकै नागरिकता बनाउनको लागि अभियान सुरु गर्न लागिएको जानकारी दिइन ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका आठवटै स्थानीय तहमा ‘१६ वर्ष पारी’ नागरिकता जारी अभियान सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्