काठमाडौंको शंखमुलमा एक व्यक्तिलाई खुकुरी हानेर फरार भएको आरोपमा रामेछापका मगर पक्राउ



१८ भदौ, काठमाडौं ।

काठमाडौँको शंखमुलमा एक व्यक्तिलाई खुकुरी हानेको आरोपमा प्रहरीले डेढ वर्षपछि रामेछापका मन्थली नगरपालिका–११ घर भएका सुमन थापा मगर उर्फ निरजलाई प्रहरीले पक्राउ गरेको छ । २०७८ चैत ९ मा शंखमुलमा सुरज खड्कालाई खुकुरी प्रहार गरेको घटनामा सुमन संलग्न रहेको उजुरी परेपछि उनी फरार रहेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले घटनामा संंलग्न मगरलाई आज पक्राउ गरिएको बताए । घटनामा संलग्नहरु विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको थियो । कपन बस्दै आएका ३० वर्षीय सुमनलाई चाबहिलबाट पक्राउ गरिएको उनले जानकारी दिए । आरोपितलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्