रामेछापको विद्यालयहरुमा संगठन विस्तार अभियानमा अनेरास्ववियु (फोटोफिचर)



रामेछाप नगरपालिका–१ गोठगाउँस्थित चण्डेश्वरी मावि र वडा नम्बर २ देउरालीस्थित सितलादेवी माविका विद्यार्थीहरु ।

नेकपा एमाले निटक  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले रामेछापभित्र सञ्चालित विद्यालयहरुमा संगठन विस्तारको कामलाई अभियानको रुपमा अघि बढाएको छ । यही भदौ २९ र ३० गते सदरमुकाम मन्थलीमा हुने अखिल महोत्सवलाई लक्षित गरेर विद्यालयहरुमा संगठन विस्तारको काम अघि बढाएको हो । अनेरास्ववियू रामेछापका सचिव पुष्कर भट्टराईले अखिल महोत्सवलाई केन्द्रमा राखेर विद्यालयहरुमा संगठन विस्तारको काम सञ्चालन गरिएको बताए ।

अनेरास्ववियुले ९ देखि १२ कक्षा, क्याम्पसहरुमा प्रारम्भिक कमिटी गठन गर्ने काम गरेको उनले बताए । हाल रामेछापमा ९३ वटा मावि, १० वटा क्याम्पस र ७ वटा प्राविधिक विद्यालय रहेको छ । भट्टराईका अनुसार ७३ वटा माविमा सगठन विस्तार गरिएको बताए । बाँकी विद्यालयहरुमा पनि विस्तार गरिने योजना रहेको बताए । उनका अनुसार शैक्षिक मेलामा आठ वटा पालिकाको स्टल राखिने छ । मेलामा उत्कृष्ट हुनेहरुलाई पुरस्कृत समेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्