मन्थलीको तामाकोशी नदी किनारामा एक महिलाको शव भेटियो



१९ भदाै, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–११मन्थलीस्थित तामाकोशी नदीको किनारमा नामथर वतन नखुलेको करिब ६० की एक महिलाको शव फेला परेको छ । महिला घोप्टो अवस्थामा मृत फेला अवस्थामा छ भन्ने खबर पाउनसाथ यस जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर पराजुलीको कमाण्डमा खटिएको टोलीले घटनास्थलको मुचुल्कापछि उक्त शव मन्थली अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले उक्त व्यक्तिलाई चिन्नु हुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थली सम्पर्क नम्बर 9854040706, 9854043199 मा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्