नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा



भदाै २७ काठमाडौं । सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ। मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै बिहीबार शोक बिदा हुने जानकारी दिनु भएको हो ।

नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पनि अन्तिम संस्कार गर्ने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेम्वाङको अन्तिम संस्कारका दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेम्वाङको पार्थिव शरीरलाई मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ। पार्टी कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ।

त्यसपछि बालुवाटारस्थित निवासमा लगिने छ। बिहीबारमात्रै उहाँको अन्तिम संस्कार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्