रामेछापको घुमाउनेमा मोटरसाइकल दुर्घटनाः घाइतेलाई काठमाडौं रिफर गरियो



२६ भदौ, काठमाडौं ।
जिल्ला रामेछाप लिखुतामाकोशी गाउँपालिका–७ घुमाउनेस्थित खिम्ती–मन्थली सडक खण्डमा मन्थलीबाट खिम्तीतर्फ आईरहेको बा.प्र.०२–०४१ प‍‍ १५८ नं‍ को २५० को पल्सर मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।दुर्घटनामा मोटरसाइकल चालक  दोलखा मेलुङ गाउँपालिका–१ बस्ने बर्ष ३४ का सन्तोष भुजेल र दोलखा कालिञ्चोक गाउँपालिका–२ का ३४ को श्याम खतिवडा घाइते भएका हुन् ।

भुजेलको दाहिने घुँडा र कुहिनामा चोट लागेको छ भने खतिवडाको दाहिने कम्मरमुनीको भाग फ्याक्चर भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजन कुमार गिरीले जानकारी दिए । उनका अनुसार खतिवडालाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौंमा रिफर गरिएको छ । मोटरसाइकल भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्