रामेछाप प्रहरीको कामः मोबाईल हराएको पाँच महिनापछि पत्ता लगाएर धनीलाई हस्तान्तरण



२६ भदौ, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले हराएको मोबाईल  पत्ता लगाएर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामेछाप मन्थली नगरपालिका–१ का धु्रव थापाले गत भदौमा आफूले प्रयोग गर्ने मोबाइल हराएकाे भन्दै खोजी गरिदिनका लागि जिल्ला प्रहरी कार्यालय रामेछापमा निवेदन दर्ता गराएका थिए ।उनले प्रयोग गर्ने आइफोनको विवरणसहित सिन्धुलीगढीमा आफ्नो मोबाइल हराएको जानकारी गराएका थिए । उनले दिएको निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले खोजतलास गर्ने काम अघि बढाएको थियो । थापाले २०७९ चैत्र २४ गते प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

प्रहरीले एक महिना अघि हराएको थापाको मोबाइलको पत्ता लगाएको थियो । तर भेटाएका व्यक्तिले दिन मानेका थिएनन् ।  सिन्धुली कमलामाई नगरपालिकाकी एक महिलाले उक्त फोन दिनको लागि आनकानी गर्दै आएकी थिइन । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजन कुमार गिरीले हराएको मोबाईल पत्ता लागेर पनि दिन इन्कार गरेको र पक्राउ गर्ने तयारी गरेपछि मोबाइल प्रहरी कार्यालयमा आएर फिर्ता गरेको रामेछाप न्युजलाइ बताए । उनले भने,‘प्रहरीले कल डिटेल हेरेर थापाकै हो भन्ने पत्ता लगाएको हो, फेला परेको मोबाईल धनी थापालाई आज  हस्तान्तरण भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्