बनेपाबाट हराएको हात्ती गाडी रामेछापबाट पक्राउ



२७ भदौ, रामेछाप ।
काभ्रेको बनेपाबाट यही भदौ २३ गते राती हराएको बा १८ च ५११५ नम्बरको टाटा हात्ती (सामान बाेक्ने) गाडी जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । गाडी हराएको सूचनाको आधारमा खोजतलास गर्ने क्रममा रामेछाप उमाकुण्ड गाउँपालिका–४ च्यादलु बजारबाट गाडी चालकसहित एक जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय उमाकुण्डका प्रहरी नायव निरीक्षक प्रकाश कुमार पौडेलको नेतृत्वमा खटिएको टोलीले गराएको गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजन कुमार गिरीले बताए । उनका अनुसार हराएको गाडी चालक उमाकुण्ड गाउँपालिका–४ का २४ बर्षिय भोजराज कार्की रहेका छन् । प्रहरीले गाडी चोरीमा संलग्न चालक कार्की र गाडीलाई ईलाका प्रहरी कार्यालय बनेपा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्