रामेछापको भलायखर्कमा गाडी दुर्घटनाः चालकले बचाए २० जनाको ज्यान



२७ भदौ, रामेछाप ।
सुनापति गाउँपालिका–३ हिलेदेवीको भलायखर्कमा भएको बस दुर्घटनामा चालकको सावधानीको कारण बसमा सवार वीस जना यात्रुको ज्यान बचेको छ । दोरम्बा शैलुङ गाउँपालिकाको रजमनटारबाट काठमाडौं जादै गरेको बा ३ ख ५९६० नम्बरको बस एक्कासी व्रेक फेल भएर अनियन्त्रित भएको थियो । तर बसका चालक दोरम्बा शैलुङ गाउँपालिका–७ का २८ बर्षिय चित्र बहादुर श्रेष्ठले ब्रेक फेल भएर अनियन्त्रित भएको बसलाई सावधानीपूर्वक सडकको भित्तामा ठोक्काएर आफै पल्टाएका थिए ।

पक्राउ परेका चालक श्रेष्ठले धेरै कोशिस गर्दा पनि बसको ब्रेक नलागेपछि अनियन्त्रित भएपछि यात्रुको ज्यान बचाउन सावधानीपूवर्क भित्तामा गाडी पल्टाएको बताएका छन् । घटनाको थप अनुसन्धान गर्न चालक श्रेष्ठ हाल प्रहरीको नियन्त्रणमा रहेका छन् । बस दुर्घटनामा परी घाइते सात जनाको धुलिेखेल अस्पतालमा उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजन कुमार गिरीले रामेछाप न्युजलाई जानकारी दिए ।
यी हुन घाइते भएकाहरुः

  • जिल्ला रामेछाप सुनपाती गा.पा.-२ बस्ने बर्ष ५० की मैच्याङ तामाङको ढाडमा चोट अबस्था मध्यम
  • ऐ.ऐ.- ४ बस्ने बर्ष ६२ को धन ब.तामाङको ढाड र छातीमा चोट अबस्था मध्यम
  • ऐ.ऐ.- ३ बस्ने बर्ष ७० कि शुक्रमाया बि.क.को दाहिने हातमा चोट अबस्था सामान्य
  • ऐ.ऐ.-२ बस्ने बर्ष ६५ कि साँईली तामाङको हात र खुट्टामा चोट अबस्था सामान्य
  • ऐ.ऐ.-३ बस्ने बर्ष १० को पेम्बा तामाङकोबायाँ छातीमा चोट अबस्था सामान्य
  • ऐ.दोरम्बा शैलुङ गा.पा.-५ बस्ने बर्ष ६० को मिन ब.थापामगरको बायाँ हातमा चोट अबस्था समान्य
  • ऐ.ऐ.-५ बस्ने जमुना बिसंखेको छोरा अं.बर्ष ४ को विस्वास बिसंखेको टाउकोमा ठोक्किएको अबस्था सामान्य

प्रतिक्रिया दिनुहोस्