एकीकृत समाजवादी रामेछापको इन्चार्जमा पौडेल, तीन जना सह–इन्चार्ज



२८ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर अन्तर्गत ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्ज पनि तोकेको छ । जसमा जिल्ला,विशेष जिल्ला कमिटी तथा संघीय निर्वाचन क्षेत्रमा समेत इन्चार्ज र सहइन्चार्ज तोकिएका छन् । गत भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार सो पार्टीले नेताहरुको जिम्मेवारी हेरफेर र निर्धारण गरेको हो ।
बैठकले रामेछापको जिल्ला इन्चार्जमा पोलिटब्यूरो सदस्य देवशकंर पौडेललाई जिम्मेवारी दिएको छ भने सह–इन्चार्जमा तीन जनालाई जिम्मेवारी तोकेको छ । सह–इन्चार्जमा केदार कुमार कँडेल, झम्क कँडेल र शान्ता सापकोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्