फलोअपः २० जनाको ज्यान बचाउने चालक सामान्य तारेखमा छुटे



२८ भदौ, रामेछाप ।
सुनापति गाउँपालिका–३ हिलेदेवीको भलायखर्कमा भएको बस दुर्घटनामा २० जनाको ज्यान बचाएका चालक रिहा भएका छन् । दोरम्बा शैलुङ गाउँपालिकाको रजमनटारबाट काठमाडौं जादै गरेको बा ३ ख ५९६० नम्बरको ब्रेक फेल भएको बसलाई भित्तामा पल्टाएर चालक २८ बर्षिय चित्र बहादुर श्रेष्ठले २० जनाको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

गाडी दुर्घटनापछि घटनाको विषयमा सोधपुछ गर्न प्रहरीले चालक श्रेष्ठलाई पक्राउ गरेको थियो । चालक श्रेष्ठले गुडि रहेको गाडी एक्कासी ब्रेक फेल भएको र आफूले यात्रुको ज्यान बचाउन संयम भएर भित्तामा पल्टाएको जवाफ दिएका थिए । आवश्यक परेको बेला उपस्थित हुने गरी चालक श्रेष्ठलाई छोडिएको जिल्ला प्रहरी कार्यालय रामेछापका राजन कुमार गिरीले रामेछाप न्युजलाई बताए । चालक श्रेष्ठको कामलाई बसमा सवार यात्रु यात्रुका आफन्तसहित स्थानीयले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्