अनेरास्ववियु रामेछापको अध्यक्षमा भट्टराई



३१ भदौ, रामेछाप ।

नेकपा एमाले निकट अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई निर्विरोध चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न अनेरास्ववियुको १३ औं जिल्ला अधिवेशनबाट भट्टराईसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा निशान श्रेष्ठ, रिया मगर र गोपाल थोकर चयन भएका छन् भने सचिवमा युवराज सुनुवार चयन भएका छन् । त्यसैगरी सहसचिवमा मुकेश भण्डारी, किरण कार्की र सुशील थापा र कोषध्यक्षमा प्रकाश गौतम निर्विरोध भएका छन् ।कार्यालय सचिवमा विक्रम खड्का चयन भएका छन् ।अध्यक्षमा चयन भएका भट्टराई यसअघि अनेरास्ववियु रामेछापका सचिव रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्