गाल्पामा अस्पताल बनाउन ५० लाखको जग्गा निशुल्क दान



२ असोज, रामेछाप ।
रामेछापका पश्चिमी तीन वटा गाउँपालिकाका नागरिकहरुको सेवा दिने गरी निर्माण हुन लागेको अस्पताल भवन निर्माणको लागि स्थानीयवासीले करिब ५० लाख रुपैयाँ बराबरको जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । दोरम्बा शैलुङ, सुनापति र खाँडादेवी गाउँपालिकाको संगमस्थल गाल्वाको बतासो डाँडामा निर्माण हुन लागेको अस्पताल भवनको लागि जग्गा दाता मोहन कुमार घिसिङ र शुम्भु घिसिङले दुई रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका हुन् ।

स्थानीय डा. दिल बहादुर तामाङले आफ्नो आमा स्मृतिमा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल निर्माण गर्ने भएपछि घिसिङद्धयले मालपोत कार्यलय मन्थलीबाट अस्पतालको लागि आवश्यक जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन् ।
डा. घिसिङले अस्पताल निर्माण भएपछि यस अस्पतालले गुणस्तरीय सेवा दिने र हरेक महिना शिविर सेवाबाट स्वास्थ सेवा दिने बताए । आफ्नो आमाले स्वास्थ सेवा नपाएर अकालमा मृत्युवरण गर्नु भएको र उहाको सम्झनमा दुर्गमका आम मान्छेले स्वास्थ सेवा पाउनबाट बन्चित नहोस् भनेर सामुदायिक अस्पताल स्थापना गर्न लागेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्