रामेछापको खालडाँडाबाट दिउसै खसी चोर्ने दुई भाई प्रहरी नियन्त्रणमा



२ असोज, रामेछाप ।
मन्थली नगरपालिका–१३ खालडाँडामा खसी बाख्रा चराई रहेको अवस्थामा दुई वटा खसी चोरेर फरार भएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । भदौ २३ गते स्थानीय मोहन बहादुर खड्काले आफ्नो फर्मबाट खसी बाख्रा चराउनको लागी खालडाँडामा लगेका थिए । तर अचानक खसी बाख्राहरु चराई घर ल्याई बाख्राहरु गन्ती क्रममा करिब ४० हजार रुपैयाँ पर्ने ४० केजीको खसी हराएको थाहा भएको थियो ।

लगत्तै मन्थली नगरपालिका–१३ जामुने स्थित ललिमाया अधिकारीको आफ्नो गोठघरमा पालेको बख्रा खसी मध्ये कालो रंगको करिब २५ किलोको खसी पनि हराएको थियो । खसी धनीहरुले खसी हराएको बारेमा जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । चराउन लगेकै अवस्थामा खसी हराउन थालेपछि गाउँमा त्रास नै फैलिएको थियो ।

सो घटनामा अनुसन्धान गर्ने क्रममा सिसी क्यामेरा मार्फत प्रहरीले चोरी कार्यमा प्रयोग भएको कालो रङको पल्सर मोटरसाईकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही वडा बस्ने २६ बर्षिय दीपक कार्की र ३० बर्षिय रमेश अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन कुमार गिरीले घटनाको बिषयमा जिल्ला रामेछाप जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्