उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वरमा सुन र पैसा लुटेको आरोपमा ७ जना पक्राउ



२ असोज, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–२ गुप्तेश्वरका टंकराज श्रेष्ठको घरबाट  सुन र पैसा लुटेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत भदौ ५ गते रातको समयमा घरमा कोही नभएको अवस्थामा घरको ढोका फोडी घरभित्र रहेको काठको वाक्सामा रहेको सुन र पैसा लुटेको आरोपमा जिल्लाप्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

घरबाट तिलहरी एक थान, सुनको मंगल सुत्र एक थान, सुनको औठी एक थान र  करिब तीन लाख रुपैयाँ नगद चोरी भएको उजुरी पीडित श्रेष्ठले जिल्ला प्रहरी कार्यालय रामेछापमा दर्ता गराएका थिए । उजुरीको आधारमा प्रहरीले झण्डै एक महिना लगाएर घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । आरोपितको साथबाट प्रहरीले सुन र हराएको तीन लाख मध्ये ८१ लाख ३८२ रुपैयाँ जफत गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बताए । उनका अनुसार पक्राउ परेका सातै जना विरुद्ध रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यी हुन पक्राउ पर्नेहरु
१. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका–६ बस्ने प्रकाश श्रेष्ठको श्रीमती बर्ष ४४ की चुनामायाँ श्रेष्ठ रु ६,२६२।
२. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका–६ बस्ने दिपक श्रेष्ठको श्रीमती बर्ष ३० की मायाँ श्रेष्ठ रु ३५,०००।
३. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका–६ बस्ने झपड बहादुर नेवारको श्रीमती बर्ष ३० की अनिता श्रेष्ठ रु ४१,१२०।
४. जिल्ला रामेछाप गोकुलगंगा गाउँपालिका–४ बेताली बस्ने टिकाराम बिश्वकर्माको छोरा बर्ष ३६ को जित बहादुर गजमेर
५. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका–६ बस्ने प्रकाश श्रेष्ठको छोरा बर्ष २० को युवराज श्रेष्ठ
६. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका–६ बस्ने छबिलाल श्रेष्ठको छोरा बर्ष ४४ को प्रकाश श्रेष्ठ
७. जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका–६ बस्ने अनिल श्रेष्ठको श्रीमती बर्ष ३० की मिना श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्