रामेछापमा भव्य रुपमा मनाइयो संविधान दिवस (फोटोफिचर)



३ असोज रामेछाप ।
संविधान दिवस रामेछापमा भव्य रुपमा मनाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको संयोजनमा सदरमुकाम मन्थलीमा विगतको भन्दा भव्य रुपमा संविधान दिवस मनाइएको हो । बुधवार मन्थलीका देवकोटाचोकबाट सुरु भएको र्याली बजारका विभिन्न क्षेत्र हुँदै तीनलाल पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । संविधान दिवस मनाउनका लागि जिल्लाभित्र रहेका सरकारी कार्यालय, राजनीतिक दल, सरकारी तथा गैरसरकारी संघ, संस्था, क्लब, जातीय समुदाय, भाषिक समुदाय, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी समेत प्रर्दशन गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका सांसदत्रय तारानारायण श्रेष्ठ, युवराज चौलागाईँ, आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की, मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ लगायतले आ–आफुनो धारणा राखेका थिए ।प्रजिअ अनिता निरौलाले संविधान दिवसमा राम्रो उपस्थिति भएको बताउदै संविधानप्रति रामेछापवासीको विश्वास झन बढदै गएको बताइन ।

प्रतिक्रिया दिनुहोस्