एमाले बागमती प्रदेश कमिटिको अध्यक्षमा कैलाश ढुंगेल बलियो दाबेदार



४ असोज, काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेलको सम्भावना बलियो बन्दै गएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका ढुंगेलले अध्यक्ष हुने सम्भावना बलियो बन्दै गएको हो । यही असोज ८ र ९ गते ठमाडौँमा हुने एमाले बागमती प्रदेश अधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका छन् ।

बागमती प्रदेशको पूर्व आर्थिक मामिला बन्दा पार्टीको छवी राम्रो बनाएका थिए । नेतृत्वले ढुंगेललाई बागमती प्रदेशको अध्यक्षको रुपमा अघि सारेको छ । ढुंगेल २०४८ बाट लगातार तीन पटक रामेछापको पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष हुँदै २०५४ सालमा तत्कालिन जिल्ला विकास समिति रामेछापको सभापति भएका थिए ।

२०७४ मा बागमती प्रदेशसभा सदस्य बनेका उनले बागमती प्रदेशको पहिलो आर्थिक मामिला मन्त्री बन्दै प्रदेशको विकासको प्राथमिकतासहितको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न भूमिका खेलेका थिए ।
अध्यक्षमा ढुंगेलसँगै एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल वाग्मती प्रदेश कमिटीका वर्तमान अध्यक्ष केशव पाण्डे र बाग्मती प्रदेशका पूर्व सभामुख सानु श्रेष्ठले पनि एमाले बागमती प्रदेशको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
पार्टीको आवश्यकता अनुसार आफूले अध्यक्ष पदमा उम्मेवारी दिने तय गरेको ढुंगेलले बताए । उनले रामेछाप न्युजसँग भने,‘मलाई पार्टीले दिएको जिम्मेवारी प्रतिबद्ध भएर पूरा गर्दै आएको छु, बागमती प्रदेश कमिटीको अध्यक्ष भएर एक पटक काम गर्ने चाहना छ ।’

प्रतिक्रिया दिनुहोस्