रामेछापको गुम्देलमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक बालक पक्राउ



६ असोज, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक १५ बर्षिय बालकलाई प्रहरीले पक्राउ गरेको छ । अाफूमाथि १५ बर्षिय बालकले यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले बालकलाई पक्राउ गरेको हो । पीडित महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको उजुरी दिएपछि बालकलाई हिजो नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । ती बालकलाई भोली रामेछाप जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्