एमाले बागमती प्रदेश अधिवेशनमा ११३१ भोट खस्यो, परिणाम केही बेरमा सार्वजनिक हुँदै



१२ असोज, काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा १ हजार १ सय ३१ मत खसेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा ११ सय ३१ मत खसेको हो । दिउस १ः३० बाट सुरुभएको मतदान राती ८ बजे सम्पन्न भएको छ । अब मतदानको सबै प्रक्रिया पूरा गरि राति १० बजेसम्ममा मतपरिणा आउने एमाले काठमाडौ अध्यक्ष दिपक निरौलाले बताए ।

उनका अनुसार ११७२ मतदाता रहेको निर्वाचन प्रक्रियामा ४१ जना अनुपस्थित रहेका छन् । अध्यक्षमा मकवानपुरका कृष्ण दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ। सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नारायण सिलवालबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्