एमाले बागमती प्रदेशको अधिवेशन, मतगणना जारी, कैलाश ढुंगेलको अग्रता



१२ असोज, काठमाडौं ।
नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा अन्तर्गत केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न मतदानमा सम्पन्न भएसँगै अहिले मतगणना भइरहेको छ । हालसम्म ६ वटा मेसिनको मतगणना भएको छ भने १० वटा मेसिनको गणना हुन बाँकी रहेको छ । मतदातस्थलमा ४० वटा मेसिन जडान गरिएको थियो । हालसम्म ३०४ मत गणना हुँदा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेलले १७२ मत ल्याउदा अर्का अध्यक्षका उम्मेदवार कृष्णप्रसाद दाहालले १३७ मत प्राप्त गरेका छन् । कुल प्रतिनिधि ११६७ मध्ये मतदानमा ११३५ प्रतिनिधिले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्