८० वटा मोबाइल र गाडीसहित रामेछाप लिखु तामाकोसी गाउँपालिकाका श्रेष्ठ पक्राउ



१५ असोज, काठमाडौं ।
रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ २९ बर्षिय मिलन श्रेष्ठलाई ८० वटा मोबाइल र गाडीसहित प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको न्यूरोड एरियामा राजश्व छलीको बिभिन्न मोबाईल लुकाई राखेको भन्ने सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ८० थान मोबाईल र बा १९ च ५०९४ नम्वरको सेतो रंगको गाडी सहित पक्राउ गरी आवश्यक कार्वाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय,गौचरमा पठाइएको प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्