मन्थलीको वर्कसपमा ट्याक्टरको पाटपुर्जा चोरी गर्दागदै एक व्यक्ति पक्राउ



१७ असोज, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–१ मन्थली बजारमा रहेको आरके वर्कसपबाट ट्याक्टरको पाटपुर्जा चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । असोज १५ गते साढे ६ बजेको समयमा मन्थली नगरपालिका–१ सापमारेका २० बर्षिय प्रदिप भुजेललाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

पाटपुर्जा चोरीमा संलग्न प्रदिप भुजेललाई नियन्त्रणमा लिएपनि चोरीमा संलग्न मन्थली नगरपालिकाकै रमेश भुजेल भने फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले ट्याक्टरका पाटपुर्जा चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरिएको र फरार व्यक्तिको खोजी कार्य भइरहेको जानकारी दिए ।

वर्कसपबाट ट्रयाक्टरको हाईड्रोलिकमा प्रयोग हुने डिस्टीब्युटर २थान, गियर सापट ५ थान, दाँते ३ थान,काउन्टर गियर १ थान, गियर बक्स हन्डी ३ थान फोरहुईल सपोट १ थान फोरहुईल ढिका १ थान र पत्ता १ थान चोरी गरेर कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्