समुदाय–प्रहरीको भूमिका विषयक निबन्ध प्रतिगोगितामाः मन्थली माविकी छात्रा रोका प्रथम, तीन जना तृतिय




१६ असोज, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले समदायस्तरमा प्रहरीले खेलेको भूमिकाको विषयमा निबन्ध प्रतियोगिता आयोजना रहेको छ । मन्थली माविमा आयोजना गरेको ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयक प्रतियोगितामा रामेछापका विभिन्न विद्याललयबाट गरी २२ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले भाग लिएको प्रतिगोगितामा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको छ ।

तीन सय पूर्णाकं रहेको प्रतिगोगितामा मन्थली मावि कक्षा ९ मा अध्ययनरत दिपशिखा रोका प्रथम, सेतीदेवी माविमा अध्ययनरत प्रशान्त घिमिरे द्धितिय र तीन जना तृतिय भएका छन् । तृतिय हुनेहरुमा सिद्धेश्वरी माविकी दिपा श्रेष्ठ, भैरवी माविकी तिरुता मङराती र प्रयागेश्वर माविकी निरुता कार्की रहेको जिल्ला प्रहरी कार्यालय रोमछापले बताएको छ । विजयी प्रतियोगिहरुलाई प्रहरी दिवसको अवसरमा प्रशसापत्र प्रदान गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्