राष्ट्रिय याक तथा चौंरी महासंघको वैधानिकता स्थापित गदै दावा सङवु शेर्पा



१८ असोज,काठमाडौं ।
राष्ट्रिय याक तथा चौंरी कृषक महासंघले बैधानिकता प्राप्त गरेको छ र राजधानीमा असोज १५र१६ गते भएको राष्ट्रिय कार्यशाला गोष्ठिले नेपाल याक तथा चौंरी महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्दै एक औपचारिक स्थापना कार्यक्रम आयोजना गरी समितिले बैधानिकता प्राप्त गरेको हो ।

महासंघको ११ सदस्यीय समिति गठन गरी वैधानिकता प्राप्त गरेको हो । अध्यक्षमा दावा सङबु शेर्पा रामेछाप, उपाध्यक्ष लालकुमार केसी दोलखा, महासचिव पबिहाङ राई भोजपुर, सचिव चन्द्रलाल नेपाल पाँचथर, कोषाध्यक्ष पशिशेर्पा ओखलढुंगा, सदस्यहरूमा सोजन हिराचन मुस्ताङ, बेद वहादुर गुरुङ्ग मनाङ, जसपाल बुढाथोकी दार्चुला, कार्साङ गेतामु रसुवा, हिम प्रसाद महत डोल्पा, फुर्वालमु शेर्पा सोलु रहेका छन् ।

महासंघको अध्यक्ष दावा सङ्बु शेर्पाको अध्यक्षतामा संचालित कार्यक्रम कृर्षि तथा पशुपंक्षी विकास मंत्रालयका सचिव रेवती रमन पौडेल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, इसिमोडका महानिर्देशक पेमा ज्याम्सो, नेपाल कृर्षि अनुसन्धान परिषदको नानो अमात्य गोर्खाली, दुग्ध विकास संस्थानका महाप्रवन्धक संजीव झा, कृर्षि पशुपंक्षी विकास मन्त्रालय नीति प्रमुख प्रदिप भट्टराई, मानव शास्त्र केन्द्रिय विभाग किर्तिपुरका डा.जीवन मणि पौडेल लगायत अन्य विभागीय प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्