खाँडादेवी मन्दिरमा चोरी गर्ने काभ्रेका खुलाल सित्खाको झोलुङ्गे पुलबाट भाग्दा भाग्दै पक्राउ



१८ असोज, रामेछाप
रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल खाँडादेवी मन्दिरमा चोरी गर्ने काभ्रे फलामेटारका रविन खुलाललाई प्रहरीले पक्राउ गरेको छ । खाँडादेवी मन्दिरमा रहेको दानपेटीकामा रहेको पैसा चोरी गरेर फरार भएका उनलाई आज बिहान रामेछाप सिन्धुली जोडने सित्खाको झोलुङगे पुलबाट भाग्दा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
मध्य रातमा मन्दिर परिसरभित्र दानपेटीमा रहेको पैसा चोरी भएको थाहा पाएपछि मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुले प्रहरी कार्यालयमा खबर रहेका थिए । लगत्तै प्रहरीले जिल्लाका सबै सीमा नाकाहरुमा चेकजाँच गर्ने क्रममा झोलामा पैसा बोकेर भाग्दा भाग्दै गरेको अवस्थामा आज बिहान करिब साढे दस बजे सित्खामा प्रहरीले खुलाललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले समयमा नै मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले सूचना दिएको कारण दान पेटीकामा रहेकाे पैसा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार पक्राउ परेका व्यक्ति र झोलामा भेटिएको पैसासहित जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याइदै छ ।

प्रतिक्रिया दिनुहोस्