पाँच दिनदेखि मन्थली–लुक्ला हवाई उडान प्रभावित, मन्थलीमा पर्यटक रोकिए



२४ असोज, रामेछाप ।
मौसम खराब भएको कारण पाँच दिनदेखि मन्थली–लुक्ला उडान प्रभावित बन्न पुगेको छ । लुक्ला विमानस्थलमा पाँच दिनदेखि कुहिरो नहटदा उडान प्रभावित बन्न पुगेको हो । मौसम खराब भएको कारण काठमाडौंबाट मन्थली हुँदै लुक्ला जाने प्रतिक्षामा रहेको सयौ विदेशी पर्यटकहरु मन्थलीमा नै रोखिएका छन् । पाँच दिनदेखि उडान नहुँदा विदेशी पर्यटकहरु समस्यामा परेका छन् । केही विदेशी पर्यटकहरु हेलिकोप्टर चार्टर गरेर लुक्ला पुगेपनि अधिकाशं विदेशी पर्यटकहरु उडान हुने प्रतिक्षामा मन्थलीमा रहेका छन् ।
नेपाल नागरिक उड्यान प्राििधकरण रामेछापले लुक्लाको विमास्थल नखुलेपछि वैकल्पिक रुपमा नाम्चे भन्दा माथि रहेको फाप्लु विमास्थलमा समेत उडान सुरु गरेको छ । लुक्का विमानस्थल बन्दा हुँदा सीता एयरका दुई, यति एयरलाइन्सका दुई र समिट एयरका तीन जहाज विमानस्थलमा पार्किङ गरी राखिएको छ । नेपाल नागरिक उड्यान प्राधिकरणका सूचना अ धिकारी मुना थापाले शनिबारदेखि एक्कासि मौसम बिग्रिएपछि हेलिकप्टर बाहेक अन्य उडान लुक्लाका लागि हुन सकेको बताइन ।

लुक्लातर्फको मौसम एकदमै खराब भएकाले जहाजलाई अवतरण गर्न असजिलो हुने भएकाले प्राधिकरणले उडानको अनुमति नदिएको बताएको छ । लुक्लाको विमानस्थलमा बाक्लो हुस्सु लाग्ने, हावाको वेग नराम्ररी चल्ने भएपछि पछिल्लो समयमा अवतरणमा समस्या भएको छ, उनले भनिन ।

यो मुख्य पर्यटकीय सिजन भएकाले अधिकांश पर्यटक सगरमाथा आधार शिविरतर्फ जाने तथा केहीले सगरमाथाको आरोहणमा गर्ने गर्दछन् । हिमाली दृश्यावलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् ।मन्थलीबाट लुक्ला जाने मात्र नभई सगरमाथाको आधार शिविरबाट फर्किर लुक्लामा जहाजको प्रतिक्षामा बसेका विदेशी पर्यटकहरुले पनि खराब मौसमका कारण सास्ती ब्यहोर्नु परेको छ । निश्चित समयसम्मका लागि भिसा लिएर नेपाल आएका पर्यटक समयमा लुक्ला जान र फर्कन नपाएपछि चिन्तित बनिरहेका छन् । काठमाडौँबाट लुक्ला जाने पर्यटकलाई विभिन्न कम्पनीले काठमाडौँदेखि मन्थलीसम्म सडकमार्गबाट ल्याएपछि लुक्लासम्म जहाज तथा हेलिकप्टरमा पठाउने गरिएको छ । मन्थली–लुक्ला उडान प्रभावित बनेपछि केही विदेशी पर्यटकहरु सोलुखुम्बुको सल्लेरीसम्म गाडीमा गएर त्यसपछि पैदल यात्रा मार्फत सगरमाथाको आधार शिविरतर्फ जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्