मन्थली बजारलाई सफा बनाउन ठाउँठाउँमा डोको, फोटो खिच्न सेल्फी टावर



२७ असोज, रामेछाप ।
मन्थली नगरपालिकालाई सफा र व्यवस्थित बनाउन बजार क्षेत्रको मुख्य–मुख्य स्थानमा डोको राखिएको छ । मन्थली बजारको जिल्ला प्रशासन कार्यालयदेखि नरपालिका जोडने सडक खण्डको क्षेत्रमा मन्थली नगरपालिकाकै सुनुवारपानीमा बुनिने डोको राखिएको हो । किसानसँग तीन सयमा खरिद गरेर बजार क्षेत्रमा २३ वटा डोको झुण्डयाइएको छ । डोकोलाई व्यवस्थित बनाउन फलामको स्ट्याण्डले अड्याएको छ भने टोकोसँगै फोहोर मलाई भन्ने सन्देश पनि टासिएको छ ।


राष्टिय वाणिज्य बैंक, जिल्ला अदालत, जिल्ला कार्यालय रामेछाप, घरेलु हुँदै कृषि ज्ञान केन्द्र र नगरपालिकासम्म जाने सडकको दायाँबाया डोको राखेसँगै सडकमा हिडने पैदलयात्रीहरुले डोकोमा फोहोर हाल्न थालेका छन् । रामेछाप सृजनशिल समाजका अध्यक्ष विपिन भट्टराईले सडकलाई सफा र स्वच्छ बनाउन स्थानीय स्तरमा नै पाइने डोको राखेर सडकलाई प्लाष्ट्रिकमुक्त बनाउने अभियानमा जुटेको बताए । उनले ४३ वटा डोको राख्ने लक्ष्य रहेपनि हाल बजार क्षेत्रमा २० भन्दा बढी डोको झुण्डयाइएको रामेछाप न्युजलाई बताए । डोकामा संकलन भएको झण्डै दस बोरा भन्दा पनि फोहोर भएको बताउदै भट्टराईले यस अभियानबाट सडक सफा हुने क्रम बढेको बताए ।
मन्थली बजारमा सेल्फी टावरः
मन्थली बजारबासी र अन्यत्रबाट मन्थली आउने नागरिकहरुले मन्थलीको हाटेचौर, तामाकोसी नदी महाभार श्रंखला, हिमाली दृष्य अवलोकनका लागि नगरपालिकासँगैको डाँडामा सेल्फी टावर निर्माण गरिएको छ । सृजनशिल समाजले मन्थली बजार क्षेत्रको सिडियो कार्यालयदेखि नगरपालिका जोडन सडक खण्डमा जिल्लाका तत्कालिन गाविसहरुको पहिचान झल्कने गरी सुन्तला रंगाको ढुंगामा नाम लेख्ने कार्य अघि बढाएको छ । रामेछापमा ज्ुनार र सुन्तला उत्पादन हुने भएकाले यसको पहिचान स्थापित गर्न सुन्तला रंगको प्रयोग गर्न लागिएको भट्टराईले जानकारी दिए । करिब एक लाख लगानीमा मन्थलीमा सेल्फी टावर निर्माण गरिएको हो । सेल्फी टावरबाट मन्थली विमानस्थलसँगै हवाइजहाज जाने जाने गरेको दृष्य समेत अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्