दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले गाडी सिक्दा पल्टाएपछि…….




२ कात्तिक, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले सरकारी गाडी सिक्ने क्रममा गाडी ठोक्काए दुर्घटना गराएका छन् । गाडीको चालकसँग चाबी मागेर आफै गाडी सिक्ने क्रममा उनले गाडी दुर्घटना गराएका हुन् । मंलवार प्रदेश–३–०१–००२ झ ५१०६ नम्बरको गाडी भएको थियो ।

गाडी स्वास्थ्य चौकीबाट फर्काएर कार्यालय परिसरमा ल्याएर पुनः परिसरबाट बाहिर निकाल्ने क्रममा दुर्घटनामा परेको थियो । गाडी दुर्घटनामा परे पनि अध्यक्ष मोक्तान सकुशल छन् । अध्यक्ष मोक्तानले गाडी निकाल्दै गर्दा अकस्मात् एक्सिलेटर दबाउँदा हुत्तिएर पालिकाको भवनमुनि रहेको चिस्यान केन्द्रको भवन नजिकै ठोकिएको थियो । गाडी ठोकिँदा अगाडिको भागमा क्षति पुगेको छ भने गाडी अहिले पालिकामै त्रिपाल ओढाएर राखिएको छ । गाउँपालिकाको गाडी चलाउन पालिकाले नै चालक भर्ना गरेर राखेको छ । तर चालक अनुमति पत्र विना नै अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटनामा परेपछि सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको छ ।
दोरम्बा शैलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरेश महतोले अध्यक्ष मोक्तानले गाडी सिक्ने क्रममा दुर्घटना भएको रामेछाप न्युजलाई बताए । उनले भने,‘गाडी दुर्घटना भएको हो, अहिले छोपेर राखिएको छ, अगाडि भाग दुर्घटनाग्रस्त भएको छ ।’गाडी दुर्घटना गराएपछि अध्यक्ष मोक्तान उपाध्यक्ष खमला थापामगरको गाडी लिएर काठमाडौं लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्