मदन भण्डारीको सालिक तोडफोड गर्नेको खोजी गरिरहेका छौः डिएसपी पराजुली



९ कात्तिक, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले खाँडादेवी गाउँपालिकाको पकरवासमा निर्माण गरिएको मदन भण्डारीको सालिक तोडफोड गर्नेको खोजी कार्य भइरहेको बताएका छन् । उनले पकरवासको जंगल बीचमा रहेको सालिक तोडफोडमा संलग्नको खोजी कार्यलाई प्रहरीले तीब्रता दिएको बताएका हुन् ।

डिएसपी पराजुलीले रामेछाप न्युजसँग भने,‘प्रहरीले तोडफोडमा संलग्नको खोजी गरिहेको छ, आशा गरौ छिट्टै दोषी पक्राउ गछौं ।’ सालिक तोडफोडको विषयमा बुझ्न डिएसपी पराजुली नै आज मदन भण्डारी पार्कमा पुगेको थिए । नेकपा एमाले रामेछापका नेता कार्यकर्ताहरुले सालिक तोडफोडको विषय निन्दनीय भएको बताउदै दोषीलाई पक्राउ गर्न माग गर्दै आएका छन् । रामेछाप जिल्लाका विभिन्न स्थानमा सालिक स्थापना भएपनि तोडफोडका घटना भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्