रामेछापमा बढी भाडा लिने अटो चालकलाई जरिवाना, बढी लिएको भाडा ट्राफिक प्रहरीले फिर्ता गरायो



१३ कात्तिक, रामेछाप ।
सदरमुकाम मन्थलीबाट रामेछाप नगरपालिकाको ओख्रेनी जाने क्रममा बढी भाडा लिने अटो चालकलाई कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले अटो चालक राज तामाङलाई एक हजार जरिवाना गर्दै यात्रुसँग बढी लिएको एक हजार रुपैयाँ फिर्ता गराएको हो । यात्रु लक्ष्मण विकले ओख्रेनीसँग बिरामी लैजानको लगि दुई हजार पाँच सयमा अटो रिर्जभ गर्दै बीच बाटोबाट दुई जना आफन्त चढाएका थिए । चालक लामाले दुई जनाको पनि थप भाडा लाग्दै भन्दै एक हजार भाडा उठाएका थिए । लगत्तै यात्रु विकले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बढी भाडा लिएको उजुरी दिएका थिए ।


प्रहरीले अटो चालकसँग सोधपुछ गर्ने क्रममा उनले बढी भाडा लिएको स्वीकार गर्दै एक हजार रुपैयाँ यात्रु विकलाई फिर्ता गरेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाईले बढी भाडा लिने अटो चाकलाई एक हजार रुपैयाँ जरिवाना गरिएको बताउदै थप एक हजार रुपैयाँ यात्रुलाई फिर्ता गराएको रामेछाप न्युजलाई बताए ।
रामेछापको सदरमुकाम मन्थली र रामेछाप डाँडामा गरी हाल एक सय वटा भन्दा बढी अटो सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्