रामेछापमा १३ दिनमा ६५० सवारी साधनमाथि कारवाही




१३ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लामा कात्तिक १ गतेदेखि आजसम्म गरी ६५० सवारी साधनमाथि कारवाही भएको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारी साधनमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले रामेछापले कारवाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दिपक चौलागाईले ६५० सवारी साधनमाथि जरिवाना गरेर ६ लाख ५० हजार राजश्व जम्मा गरिएको रामेछाप न्युजलाई बताए ।

उनले प्रहरीको सञ्चालन गरेको जनचेतनाको कारण यस बर्ष दशैमा कुनै पनि अप्रिय घटना नभएको बताउदै चालक जिम्मेवारी हुँदा सवारी दुर्घटना नहुने बताए । दशैको अवधिमा मात्र रामेछापका विभिन्न नाकाबाट गरी करिक सात हजार सवारी साधन जिल्लाभित्र प्रवेश र बाहिरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्