रामेछापको विकासका लागि यस बर्ष साढे ४ अर्बको बजेट ल्याएको छुः कान्छाराम



१३ कात्तिक, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद पूर्ण बहादुर तामाङ कान्छारामले यस आर्थिक बर्षमा रामेछापको विकास लागि साढे चार अर्ब रुपैयाँ बजेट ल्याएको दावी गरेका छन् । उनले आगामी चार बर्ष रामेछापको विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउदै सबैको साथ र सहयोगको खाँचो रहेको बताएका हुन् ।

उमाकुण्ड गाउँपालिकामा आयोजित भुजी लिगको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप कांग्रेसका सभापति समेत रहेका सांसद तामाङले जिल्लाभित्र विकास निर्माणको काम तीब्र गतिमा अघि बढेको बताए । उनले भने,‘विकास कसरी ल्याउने, कहाँ कस्तो विकास गर्ने सबै राजनीतिक दल मिलेर लागौ, विकासमा सबै पार्टी एक भएर लाग्यो भने मात्र जिल्लाको विकास गर्न सकिन्छ ।’ उनले खेलकुद क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्