रामेछापको गौश्वरामा ठूलो दुर्घटना हुनबाट जोगियो यात्रु बस



१५ कात्तिक, रामेछाप ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वाराको खर्शुबथानमा यात्रु बहाक बस ठूलो दुर्घटनाबाट जोगिएको छ । हिजा काठमाडौंबाट गौश्वरातर्फ आएको बस खर्शुबथानको मोडमा सडकबाट तल खस्नबाट जोगिएको छ । चालकको सावधानीको कारण ठूलो दुर्घटना टरेको स्थानीय रोहित मगरले जानकारी दिए ।

उनका अनुसार उक्त डिलबाट गाडी दुर्घटना भएको अवस्थामा एक हजार मिटर तल पुग्ने थियो । हाल उक्त बस फसेको ठाउँबाट निकालिएको छ । स्थानीयले सो मोडको स्तरउन्नती गर्न माग गरेपनि गाउँपालिकाले ध्यान दिन गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्