दाई माथि भाईद्धारा खुकुरी प्रहार, गम्भीर घाइते वस्नेतलाई हेलिकोप्टरबाट काठमाडौं पठाइयो



२ मंसिर, रामेछाप ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थली कोलामा घरायसी विवादको कारण भाईले दाइमाथि खुकरी प्रहार गरेर गम्भीर घाइते भएका छन् । कुबुकास्थलीका ४९ बर्षिय देव बहादुर बस्नेतलाई आफ्नै भाई ओसिराम बस्नेतले घरयासी विवादमा खुकुरी प्रहार गर्दा दुवै खुट्टा र दायाँ हातमा गहिरो चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाईतेलाई स्थानीय स्वास्थ्य चौकीबाट डाक्टर ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौंस्थित ग्रान्डी हस्पिटल काठमाडौ पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले घटनामा संलग्न ओसिराम वस्नेतलाई हतियार सहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्