मनकारी ट्याक्सी चालकः रामेछापकी तामाङले फिर्ता पाइन हराएकाे ७ तोला सुन




३ कात्तिक, काठमाडौं ।
ट्याक्सी चढने क्रममा ट्याक्सीमै छुटेको सात तोला सुन र चार तोला चादी रामेछापकी संगीता तामाङले फिर्ता पाएकी छिन् । ट्याक्सीमा छुटेको करिब ७ तोला सुन चालकले ट्राफिक प्रहरीले तामाङलाई बुझाएको हो । जडिबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जानेक्रममा शनिबार दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहना सहितको झोला खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आइतबार धनीलाई हस्तान्तरण गरेका हुन्।

जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगिता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन्। उक्त खबरको आधारमा प्रहरीले सिसिटिभी क्यामेराको सहयोगमा चालकको खोजी गरिरहेको थियो। त्यसक्रममा ट्याक्सी चालक रोशन बयलकोटी आफैंले आइतबार बिहान प्रहरी वृत्त गौशालामा उक्त गहना बुझाएका थिए । त्‍यसपछि ट्राफिक प्रहरीले सुन धनीलाई बोलाएर उक्त सुन बुझाएको हो।
आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन ट्राफिक प्रहरीले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्