अनलाईन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने रामेछापका रोक्कासहित पाँच जना पक्राउ



१७ कात्तिक, काठमाडौं ।
अनलाईन मार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका पाँच जना नाईकेहरु पक्राउ परेका छन् । प्रहरीले अनलाईन मार्फत यौन व्यवसायीको धन्दा गर्दै आएका गिरोहका नाइकहरु पक्राउ गरेको हो । काठमाण्डौ उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायत विभिन्न स्थानहरुबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने पाँच जना व्यक्तिहरुलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।


पक्राउ पर्नेेहरुमा रामेछाप दोरम्बा शैलुङ गाउँपालिका दोरम्बा निवासी छत्रबहादुर रोक्का, ओखलढुंगा लिखु गाउँपालिकाका गोपाल थापा, सिन्धुली सुनकोसी गाउँपालिकाका सेते सार्की, सल्यान कपुरकोटका शिवराज परियार र नुवाकोट विदुर नगरपालिकाका अमृत रोक्का रहेका छन् । पक्राउ परेका पाँचै जनालाई प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्