खाँडादेवी जेसीजको अध्यक्षमा ओमराज श्रेष्ठ निर्वाचित



२५ मंसिर, काठमाडौं ।
खाँडादेवी जेसीजको तेस्रो शाखाको अधिवेशनबाट ओमराज श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । कार्यकारिणी उपाध्यक्षद्धयमा जेसी तेज कुमार श्रेष्ठ, जेसी अशिम श्रेष्ठ, उपाध्यक्षहरु, जेसी अर्जुन श्रेष्ठ, जेसी सन्दीप श्रेष्ठ, जेसी मेलिना श्रेष्ठ र जेसी सुस्मिता पोडेल रहेका छन् । महासचिवमा जेसी सुदिप राज श्रेष्ठ, कोषाध्यक्षमा जेसी सरिता श्रेष्ठ, सह–सचिवमा जेसी मन्दिरा श्रेष्ठ, सह–कोषाध्यक्षमा जेसी ईश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।


त्यसैगरी कानुनी सल्लाहकारमा जेसी बिपिन राज श्रेष्ठ निर्वाचित भएका छन भने तालिम तालिम संयोजकमा जेसी प्रेम श्रेष्ठ, शखा संयोजकमा जेसी बिमला श्रेष्ठ , कार्यक्रम संयोजकमा जेसी श्याम श्रेष्ठ र आर्थिक संयोजकमा जेसी रेश्मा श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्