रामेछापको प्रजिअ निरौला भन्नुहुन्छ– रामेछापमा के छैन ? (फोटोफिचर)




२५ मंसिर, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले रामेछापको पर्यटकीय क्षेत्रको अवलोकन गर्न आग्रह गर्नुभएको छ । उहाँले रामेछापभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एव‌ कृषि क्षेत्रको अवलोकन गर्न आग्रह गनुभएको हो । रामेछापभित्र आन्तरिक एवं बाह्य पर्यटकीय क्षेत्रहरु धेरै रहेको बताउदै प्रजिअ निरौलाले आर्थिक उन्नतीको आधारको रुपमा रहेको यस्ता क्षेत्रहरुको विकास गर्न आवश्यक रहेकोमा जाेड दिनुभयो ।
उहाँले कृषि उपजमा आँप, जुनार, सुन्तला, किवि, लेखको आलु, धान, मकै, गहुँ, फापर, कोदो, उवा, दलहन मास, मस्याङ,राज्मा, सिमी, बोडीको उत्पादनमा उर्वर भूमि रहेको बताउनुभयो ।


खाँडादेवी मन्दिर, चारधामको शीर उमातीर्थ, विश्वामित्र गुफा (विश्वामित्र ऋषिले त्रेतायुगमा तपस्या गरी गायत्री मन्त्र उत्पति भएको जुन कुशेश्वर महादेवको ठीक पारिपट्टि छ) थानापति महादेव लगायतका थुप्रै धार्मिक तिर्थस्थल र शैलुङ क्षेत्रको भ्रमण गर्न पनि आग्रह गर्नुभएको छ । त्यसैगरी संस्कृति र बहु सांस्कृतिकमा रामेछाप धनी रहेको बताउदै निरौलाले तामाङ, नेवार, माझी, हायु, पहरी, क्षेत्री, बाहुन सबैका सद्भावपूर्ण संस्कृति रहेको उल्लेख गर्नुभयो ।
प्रजिअ निरौलाले युवाहरुमा युवा सोच जोखिम लिने, आत्मनिर्भर बन्ने ठूलो अवसर रहेको बताउनै भन्नुभयाे ,‘सकारात्मकता, सकृयता, सृजनशीलता, आत्मविश्वास र मातृभूमिप्रतिको अटल प्रेमको विकास गर्नु अबको विकासको प्राथमिकता हुनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस्