रामेछापबाट ओलीले भने–आजको यात्रा हाम्रा ऐतिहासिक धरोहर तीन लालमा समर्पित गर्दछु



२५ मंसिर, रामेछाप ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदरमुकाम मन्थलीमा रहेको तीन लालको पार्कमा आएर शहीदहरुप्रति माल्यापर्ण गरेका छन् । शहीदहरुप्रति माल्याअपर्ण गर्दै उनले भने– रातको दश बजेको छ । हामी रामेछापको मन्थलीमा छौं। तीन लाल (गंगालाल श्रेष्ठ, नेकपाका संस्थापक महासचिव पुष्पलाल र सुब्बा कृष्णलाल)को जन्म जिल्ला रामेछापमा हाम्रो यात्रा जारी छ। तीन लाल स्मृति पार्कमा उभिएर म आजको यात्रा हाम्रा ऐतिहासिक धरोहर तीन लालमा समर्पित गर्दछु।

प्रतिक्रिया दिनुहोस्