माल्टा पठाईदिन्छु भन्दै तीन लाख ठगी गरेको आरोपमा रामेछापका सुनुवार पक्राउ



१ मंसिर, रामेछाप ।
रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ घर भई हाल जिल्ला काठमाडौंमा बस्दै आएका २६ बर्षिय पोसाक सुनुवारले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले माल्टा जानको लागि साढे नौ लाग्ने र मासिक १ लाख रुपैयाँ कमाई हुने भन्दै गुरुङबाट पटक–पटक गरी साढे तीन लाख रुपैयाँ लिएर सम्पर्क विहीन भएपछि पीडित गुरुङले प्रहरी समक्ष उजुरी दिएका थिए । सोही उजुरीको आधारमा खोजतलास गर्ने क्रममा मंसिर ३० गते काठमाडौंको मैपीबाट पक्राउ गरेको थियो ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी मिलन केसीले पक्राउ परेका सुनुवारलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्