रामेछाप कांग्रेसको महासमिति सदस्यको निर्वाचन अनिश्चित



१ पुस, रामेछाप । नेपाली कांग्रेस रामेछापको महासमिति सदस्यहरुको चयनको लागि यही पुस ६ गतेको लागि तोकिएको निर्वाचन स्थगित भएको छ । पार्टी सभापति पूर्णबहादुर तामाङ कान्छाराम अस्वास्थ्य भएको र सहमतिको लागि भन्दै निर्धारित चुनाव स्थगित भएको बताइएको छ । नेताहरुबीच सहमति हुन नसकेपछि निर्वाचन मार्फत नै महासमिति चयन गर्ने गरी निर्वाचन कार्यतालिका अनुसार ११ जना मध्ये २ जना सदस्य सर्वसम्मत निर्वाचित भएका छन भने बाँकी ९ जना महासमिति सदस्यको लागि २१ जना नेताहरुले उम्मेदवारी दर्ता गराएका छन् ।


पार्टीको जिल्ला अधिवेशनको विषयलाई लिएर पार्टीको केन्द्रीय निर्वाचन समितिमा उजुरी परेपछि दुई बर्ष अघि जिल्ला अधिवेशनकै समयमा हुनुपर्ने महासमिति सदस्यहरुको निर्वाचन रोकिएको थियो ।
कांग्रेस रामेछापका सचिव दीपक खडकाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापको पुर्ण बैठकले निर्णय गरी महासमिति सदस्य निर्वाचन तोकिएकोमा , हाल बिना जानकारी स्थगित गरीएको खबर सुन्नमा आएको बताए । उनले भने, यदि यो कुरा सत्य हो भने नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका अन्य पदाधिकारी तथा सदस्यहरुको आपत्ति छ ।’ तर सभापति कान्छाराम निकट नेताका अनुसार सहमतिमै महासमिति सदस्यहरु चयन गर्नको लागि तत्कालको लागि निर्वाचन स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्