लिखु तामाकोसी गाउँपालिकामा विद्यार्थीमाथि बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ



२ पुस, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक विद्यार्थीमाथि बालयौन दुरुपयोग गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । लिखु तामाकोसी गाउँपालिका –७ कटहरे स्थित नव दर्शन माविमा अध्यनरत बालिकालाई सोही स्कुलका शिक्षक मान बहादुर सार्कीले ललाई फकाई गरी एकान्त स्थानमा लगी बालयौन दुरुपयोग गरेको कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

विद्यार्थीका आफन्तले उक्त घटना लगत्तै प्रहरीमा उजुरी दिएका थिए । आफ्नै विद्यार्थीमाथि बालयौन दुरुपयोग गर्ने शिक्षक मान बहादुरलाई पक्राउ गरी आज जिल्ला अदालत रामेछापबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर पराजुलीले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्