लिखु तामाकोसी गाउँपालिकामा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ६९ बर्षका ससुरा पक्राउ



२ पुस, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ मा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । लिखु तामाकोसी गाउँपालिका–५ की एक बुहारी नाता पर्ने महिलाले ससुराले जबरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा उजुरी दर्ता गराएका थिएकी थिइन । गत असार २८ गते घटना लगत्तै पीडित बुहारीले प्रहरी समक्ष उजुरी दिएपछि ससुरा फरार भएका थिए । फरार रहेका ती बृद्धलाई आज प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्