लिखु तामाकोसी गाउँपालिकामा एक किशोरीलाई जबरजस्ती करणी गरेर फरार भएका कडरिया पक्राउ



४ पुस, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–६ खिम्ती स्थित डल्ले चौतारोको जंगमा एक महिलालाई जबरजस्ती करणी गरी फरार भएको आरोपमा एक युवक पक्राउ परेका छन् । पुस ३ अर्थात हिजो दिउसो विद्यालयबाट आफ्नो घरतर्फ आइरहेको अवस्थामा किशोरीलाई लिखु तामाकोसी गाउँपालिका–६ का २२ बर्षिय अम्बर बहादुर कडरियाले जबरजस्ती करणी गरी फरार भएका थिए । पीडितले दिएको उजुरीको आधारमा प्रहरीले खोजी गर्ने क्रममा हिजो साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले पीडितले दिएको उजुरीको आधारमा तत्काल खोजी कार्य गर्ने क्रममा आज पक्राउ गरी जिल्ला अदालत रामेछापबाट म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको रामेछाप न्युजलाई बताए । मेडिकल रिपोर्टमा कडरियाले ती किशोरीमाथि जबरजस्ूती करणी गरेको पुष्टि भएको छ । कडरियाले रक्सी खाएर मातेको अवस्थामा जंगलमा एकान्त भएको मौका छापेर जबरजस्ती करणी गरेको खुुल्न आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्