राखेपका सदस्य सचिव टंकलाल घिसिङले पूरा गरे प्रतिबद्धताः खेलाडीहरु उत्साहित




काठमाडौं, पुस ६ गते ।
नेपाली खेलकुद क्षेत्रका लागि नयाँ अध्याय सूरु भएको छ । नेपालमा खेल संघहरुको संस्थागत विकास सुरु भएको करिव ७६ बर्ष भयो । तर खेलकुद बीमा सम्वन्धि कुनै नीतिगत व्यवस्था हुन सकेको  थिएन । खेल्ने क्रममा हुने चोटपटक देखि ठूला दुर्घटना समेतको जोखिम न्यूनीकरणका लागि बीमा सम्वन्धि नीति आवश्यक हुन्छ ।
यही मान्यतालाई आत्मसात गरि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्य–सचिवको पदभार ग्रहण गर्ने क्रममा खेलकुद बीमालेख कार्यान्वय गर्ने घोषणा गर्नु भएको थियो । सदस्य सचिवको घोषणा  कार्यान्वयनमा आएको छ । नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेको छ ।


खेलाडी तथा खेलकर्मीहरुको पूर्णरुपमा सुरक्षा गर्ने उदेश्यका साथ खेलकुद बीमालेख जारी भएको छ । बीमालेखले खेलाडीहरुमा आत्माविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउने छ । पछिल्लो समय केही ठूला प्रयतियोगिताहरुमा खेलाडीहरुको बीमा गर्न सुरु भएतापनि बीमालेख सम्वन्धि स्पस्ट नीतिको अभाव थियो । अब बीमालेख जारी भए पछि सबै प्रकारका प्रतियोगिताहरुमा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीहरुलाई आत्मा विश्वासका साथ खेल्ने वातावरण बनाउनु पर्ने हुन्छ ।
बीमा लोखको विशेषता ः
१) खेलहरुको वर्गीकरण ः
क) न्यून जोखिम – टेबलटेनिस, सफ्ट टेनिस,टेनिस, सुटिङ,गल्फ,बडीविल्डिङ,स्क्वास)
ख) सामान्य जोखिम ः – व्याडमिन्टन,क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ,जुडो,जिम्न्याष्टिक, ह्याण्बल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी,खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती, साईक्लिङ ।
ग) जोखिमयुक्त ः(मोटर तथा मोटरसाईक्लिङ स्पोर्टस, राफ्टिङ एण्ड क्यानोई, क्वालाईविङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ, आईस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्वी, प्याराग्लाइडिङ र फुटबल)
२) दुर्घटनाका कारण तत्तकाल वा १८३ दिन भित्र मृत्य’ भएमा क्षतिपूर्तिको व्यवस्था
३) पार्थिव शरिर व्यवस्थापन खर्च
४) काजकिरिया खर्च
५) स्थाई पूर्ण असक्तताक सम्वन्धि व्यवस्था
६) बीमालेखको अवधि
७) बीमा शुल्क दर

प्रतिक्रिया दिनुहोस्